नेपालमा आज एकै दिन १०२५८ नयाँ संक्रमित थपिएः १ जनाकाे मृत्यु

४ माघ २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा एकैदिन कोरोना भाइरसका १० हजार २ सय ५८ जना संक्रमित थपिएका छन् । याे संख्या हिजाे भन्दा झण्डै साढे ३ हजारले बढेकाे हाे । तेस्राे लहर शुरू भए यता याे संख्या अाजसम्मकै धेरै हाे । याे संख्या माघ महिनाकाे दाेस्राे सातासम्म २० हजार हाराहारीमा पुग्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् । देशभर २२ हजार ८ सय २८ जनाको नमूना परीक्षण हुँदा १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो । विगत २ साता देखि संक्रमितकाे संख्या निरन्तर बढ्न थालेकाे हाे । सोही अवधिमा ५ सय ६२ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ३९ हजार ४४ जना पुगेकाे छ ।
यसैगरी आज १ जनाकाे मृत्यु भएकाे छ । नेपालमा हालसम्म नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय २४ जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नमूना बस्तीमा बहुउदेश्य खेल भवन बनाउन भूमि पूजा
Next post प्रदेश एककाे नामाकरण हिउँदे अधिवेशनले टुङ्गाे लगाइने