प्रदेश एककाे नामाकरण हिउँदे अधिवेशनले टुङ्गाे लगाइने

४ माघ २०७८, विराटनगर— प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताउनु भएकाे छ । मुख्यमन्त्रीको कार्यालयमा अाज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रदेशको नाम प्रदेशसभाले नै टुंगो लगाउने बताउनु भयाे । मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिनु भयाे ।

उहाँले यही माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेशको नाम टुंगो लगाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइने बताउनु भयाे । प्रदेश नम्बर २ काे नाम र राजधानी हिजाेमात्र टुङ्गाे लागे पछि प्रदेश नम्बर एकलाइ पनि दवाब परेकाे छ । प्रदेश नम्बर २ काे मधेस प्रदेश र राजधानी जनकपुर राखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज एकै दिन १०२५८ नयाँ संक्रमित थपिएः १ जनाकाे मृत्यु
Next post नेपालमा आज एकै दिन ११३५२ नयाँ संक्रमित थपिएः ४ जनाकाे मृत्यु