
हात्तीको आक्रमणबाट दमकमा एकजनाकाे मृत्यु
१२ माघ २०७८/सारासन्देश समाचार
झापाको दमकमा रहेको हंसेदुम्से सामुदायिक बन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । दमकको वडा नं. ३ को रन्धोज चौक नजिकै कुलोमा पानी लगाउन जानेक्रममा दमक ३ निवासी ६३ बर्षीय गणेश प्रसाद अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले आज जारी सूचनामा उल्लेख्य गरेको छ ।
गए राती ९ः१५ बजेको समयमा जंगल नजिकको बाटोमा निस्किएको हात्तीले खेतमा पानी लाउन हिडेका अधिकारीलाई लछारपछार पार्दा उहाँको घटना स्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय दमकको एक मात्र ठूलो हंसे दुम्से सामुदायिक बन क्षेत्रमा नियमित जस्तो हात्ती आउने गरेको स्थानीयले बताएका छन् । हात्तीले ३ महिना यता जिल्लामा ३ जनाको ज्यान लिइसकेको छ ।
More Stories
२५ प्रतिशतले छुर्पी निर्यात घट्योः ७ महिनामा ६७ कराेड मुल्यकाे छुर्पी निर्यात
१० चैत्र २०८१/झापा दुधबाट बनाइने छुर्पीको निर्यातमा यो बर्ष गिरावट आएको छ । केही बर्ष देखि लगातार निर्यात बृद्धि हुँदै...
शिवसताक्षी समितिमा माओवादी केन्द्रका अध्यक्षमा नेम्बाङ सर्वसम्वत चयन
देश विकासमा राजा नभइ जनताकाे सामुहिक कार्य नै उत्तम हुने १० चैत्र २०८१, झापा– नेकपा ( माओबादी केन्द्र) शिवसताक्षीको दोश्रो...
निर्माण पुरा नहुँदै कन्काइ पुल मर्मतः भारवहन क्षमता परिक्षण गरिने (फाेटाे फिचर)
३ चैत्र २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुल निर्माण पुरा नहुँदै...
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...