सोनाम ल्होसारमा भाेलि बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णयः उपराष्ट्रपति पुनबाट शुभकामना व्यक्त

१८ माघ २०७८,काठमाडौं– सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
यसैबीच राष्ट्रपत विद्यादेवी भणडारी र उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तामाङ समुदायको महान् सांस्कृतिक पर्व सोनाम ल्होच्छारको अवसरमा शुभकामना दिनुभएको छ । उहाँहरूले तामाङ समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होच्छार–२८५८ को अवसरमा देश–विदेशमा रहनुभएका तामाङ दिदीबहिनी तथा दाजुभाइ र आम नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ । उपराष्ट्रपतिका प्रेश संयोजक मनोज घर्ती मगरको हस्ताक्षरमा जाी प्रेस विज्ञप्तीमा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलूक हो । हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरु हाम्रो गौरव हुन् । चाड पर्वहरुले हाम्रो सामाजिक सद्भावलाई सुदृढ् र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका छन् ।

काठमाडौं उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रितिरिवाज, भेषभुषासहितको पहिचान छ । तामाङ सेलो गीत, टुङना र डम्फुको संगीत आज नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अंग बनेको छ । भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध छ ।
मान्यजनबाट टिका थाप्ने, आशिर्वाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुक जस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर मनाइने तथा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा पनि लिइने सोनाम ल्होच्छारले सम्पूर्ण नेपालीहरुका बीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु ।” भनी उल्लेख गरिएको छ ।
विज्ञप्तीमा विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा जारी नियमको पूर्ण पालना गरेर मात्र ल्होच्छार मनाउन समेत आग्रह गरिएको छ ।
भाेलि २८५८ अाैं साेनाम ल्हाेसार लाङ अथार्त गाइ बर्षलाइ विदा गरेर ताक अर्थात बाघ बर्ष शुरू भएकाे छ । यस अवसरमा तामाङ समूदायले भाेलि देशभरका गुम्बा तथा घर घरमा भगवान गाैतम् बुद्धकाे पूजापाठ सहित विभिन्न कार्यक्रम गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post यूवा नेतृत्व पाए पछि दमकमा माओवादीहरू सक्रीय बन्दै
Next post नेपालमा आज ५५८३ संक्रमित, ८२६७ निकाेः ९ जनाकाे मृत्यु