यूवा नेतृत्व पाए पछि दमकमा माओवादीहरू सक्रीय बन्दै

१७ माघ २०७८,झापा– विद्यार्थी राजनीतिबाट नेकपा माओवादी केन्द्र दमकको अध्यक्षमा निर्वाचित हुनु भएका ३२ वर्षीया रवि बस्नेत यतिबेला पार्टीलाइ शुद्धिकरणसँगै मजबुत बनाउन लागिपर्नु भएकाे छ । विद्यार्थी राजनीतिमा सांगठनिक कुसलता देखाएका बस्नेतलाई पार्टीको ‘चाम’ फर्काउने चुनौती रहेकाे भन्दै वर्गीय धरातल बिर्सिएको पार्टीलाई पुनः पुरानै अवस्थामा फर्काउन लागि परेको उहाँले बताउनु भयाे ।

केही दिनअघि मात्र नगर किमिटीको बैठकबाट एक वर्षे कार्ययोजना पास गरेका बस्नेत सहितकाे टीम योजना कार्यन्वयनमा जुटेका छन् । कार्ययोजना कार्यन्वयन स्वरूप सोमबारबाट नेकपा माओवादी केन्द्रले वडामा बैठक सुरु गरेको छ । सोमबार दमक–१ र २ नम्बर वडा कमिटीको बैठक सम्पन्न भएकाे छ । अब लगातार पाँच दिनमा १० वटै वडामा बैठक गरेर कार्ययोजना कार्यन्वयनमा अघि बढ्ने याेजना रहेकाे अध्यक्ष बस्नेतले बताउनु भयाे । दमकले युवा नेतृत्व पाएपछि धेरै पार्टी कार्यकर्ता र जनता खुसी भएको बताए । तर, आफूले पाएको जिम्मेवारीमा अवसरसँगै चुनौती पनि रहेको उहाँको भनाइ छ ।

‘अध्यक्ष भएपछि धेरैले आस गर्नुभएको छ । मलाई त्यो उहाँहरुको अपेक्षा पूरा गर्ने चुनौती पनि छ । केहीले युवाले नेतृत्व पायो काम गर्न ानसक्ने हो कि भनेर खबरदारी र आलोचना पनि गर्नुभएको छ । खबरदारी र आलोचनालाई पनि स्वीकार गर्दै विद्यार्थी राजनीतिको नेतृत्वदायी भूमिकामा रहँदा सिकेका कुरालाई पार्टी सुदृढिकरणको अभियानमा सदुपयोग गर्नेछ’, बस्नेतले भन्नु् भयाे ।

जहाँ समस्या त्यहाँ माओवादी भन्ने कार्ययाेजना पुरा गर्न सवैलाइ सक्रीय भएर काम गर्न र गराउँन अापफूहरू लागिपरेकाे नगर समितिले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रवि चिसापानी सडक बनाउने भन्दै चुरे क्षेत्रमा अवैध उत्खनन् (फाेटाे फिचर सहित)
Next post सोनाम ल्होसारमा भाेलि बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णयः उपराष्ट्रपति पुनबाट शुभकामना व्यक्त