अमेरिका पुगेका भूटानी यूवाको सहयोगमा गरेको गुरूचेला कार्यक्रम उदाहरणीय बन्दै (फाेटाे /भिडियाे फिचर सहित)

प्रभावकारी बने पछि गुरुचेलाहरु थपिदैं

१८ माघ २०७८/डिकेश लामा
अभिभाकत्वको अभावमा जोखिममा परेका बालबालिकालाई सुधार गर्न थालिएको गुरु चेला कार्याक्रम प्रभावकारी बनेको छ । पारिवारिक विखण्डन र अन्य कारणले अभिभाकत्वको अभावमा कुलतमा समेत लाग्न पुगेका शरणार्थी र सो आसपास समूदायका बालबालिकालाई सुधार्न थालिएको कार्याक्रम थप विस्तार गरिएको छ । परिक्षणको रुपमा ३ महिना संचालन गरेको कार्याक्रमले धेरै बालबालिकामा सुधार आएकाले दोस्रो चरणको कार्याक्रम थालिएको हो ।

शुरुमा ३० जना बालबालिका माझ ६ जना गुरुबाट थालिएको कार्याक्रम अहिले ९ जना गुरुहरु थपेर धेरै बालबालिकामा थालिएको छ । अभिभावक नभएका र भएर पनि रेखदेख गर्न नसकेका बालबालिकालाई सही मार्गमा हिडाउन थालिएको कार्याक्रम धेरै प्रभावकारी बनेकाले कार्यक्रम बढाइएको गुरुमा सुस्मिता राईले बताउनु भयो । भूटानी शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका ४ जना युवाले बालबालिका सुधारका लागि लाग्ने आवाश्यक खर्च सहयोग गर्दै आएका छन् । यस अघि लामो समय शरणार्थी शिविरमा वसेर यहाँको समस्या बुझेर तेस्रो मुलुक पुगेर समेत समाज सेवामा लागेका मन पौडेल, लोचन खतिवडा, भूवन थापा र चन्द्र उप्रेतीले आर्थिक सहयोग गरेका छन् । कार्याक्रम प्रभावकारी बने पछि थप सहयोगी दाताले गुरुलाई दिने मासिक तलवको व्यवस्था गरेकाले ३ सय बढी बालबालिकालाई निशुल्क टयूसन र अन्य कक्षा संचालन थालिएको कार्याक्रम संचालन गर्दै आएको फेन्स क्लव भूटानका अध्यक्ष युवराज साङपाङ राईले बताउनु भयो । यसका लागि दोस्रो प्याकेजमा थप नक्षेत्र फाउण्डेसनका अर्जुन सुवेदीले समेत सहयोग गर्न थालेको उहाँले बताउनु भयो ।

कतिपय जोखिममा रहेका बालबालिकाहरु कुलतमा समेत लाग्न थालेका थिए । तर अहिले उनीहरु सही मार्गमा हिड्न थालेकाले पढाईका लागि थप कक्षा संचालन थालिएको छ । दाताहरुको सहयोगमा आफ्ना बालबालिकाको रेखदेख र पढाईमा सहयोग हुन थाले पछि भूटानी शरणार्थी शिविरका अभिभावकहरु खुशी बनेका छन् । यस अघि कुलतमा पुगिसकेका आफ्ना छोराछोरी सहि मार्गमा हिड्न थालेकोले अभिभावकहरुले सहयोगीदाता र कार्याक्रम संचालकलाई धन्यवाद समेत दिएका छन् ।

शरणार्थीलाई रेखदेख गर्ने निकायले छाड्दै गए पछि शरणार्थी शिविरमा धेरै बालबालिका अभिभावकविहिन बन्दै गएका छन् । पढाईबाट समेत बन्चित हुने अवस्थामा पुगेका बालबालिकालाई लक्षित गरी थालिएको गुरुचेला कार्याक्रम प्रभावकारी बने पछि अझै बढाउँदै लगिएको रेखदेखमा खटिएका गुरुहरुले बताएका छन् । याे कार्यक्रम विस्तार गरेर लानेक्रममा कम्पुटर, ट्यूसन लगायतका १ देखि १० कक्षासम्मका विधार्थीलाइ लक्षित गरिएकाे छ । पछिल्लाे समय ३ बर्षदेखि शिविरमा विधालय बन्द गरे पछि भूटानी शरणार्थी बालबालिकाहरू स्थानीय ढुकुरपानी मावि र चुलाचुली अाधारभूत विधालयमा अध्ययन गर्दै अाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५५८३ संक्रमित, ८२६७ निकाेः ९ जनाकाे मृत्यु
Next post नेपालमा आज ३६३७ संक्रमित, ७५५५ निकाेः १२ जनाकाे मृत्यु