काँकडभिट्टा बजारमा जुत्ता कारखानामा आगलागी हुँदा ९ करोड बढीको क्षति (फाेटाे फिचर सहित)

दमकल किन ढिलाे ?
२० माघ २०७८,सारासन्देश समाचार
झापाको मेचीनगर नगरपालिका वडा नं. ६ काँकडभिट्टा बजारमा रहेको एक जुत्ता कारखानामा भीषण आगलागी भएको छ । भारतबाट आएको २ वटा दमकल सहित १२ वटा दमकलले ५ घण्टा लगाएर आगो आज साँझ नियन्त्रणमा लिइको छ । १२ वटा दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा ५ घण्टामा आगो नियन्त्रणमा लिए पनि उद्योगमा रहेका कच्चा पदार्थ र जुत्ताहरु भने जलेर नष्ट भएको छ ।
अपरान्त १ बजे तिर विधुत सर्ट भई लागेको आगो ढिलो दमकल पुगेकाले नियन्त्रण भन्दा बाहिर गएको स्थानीयले बताएका छन् । घटना स्थलमा दमकल ढिलाे पुगेकाे भन्दै स्थानीय अाक्राेश समेत पाेखेका छन् ।


आगलागीबाट करिब साढे ९ करोड हाराहारीमा क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । समयमा दमकल पुगेको भए यति ठूलो क्षति नहुने कारखानाका कर्मचारीले बताएका छन् । एसएस फुटवयेर जुता उद्योग ३ तलाको भवनमा श्याम खेतङले संचालन गर्दै अाउनु भएकाे थियाे ।
झापा जिल्लामा धेरैवटा पालिकाले दमकल चुस्त दुरूस्त नराख्दा यस्ता अागलागी जस्ता घटना समयमा नियन्त्रण गर्न नसकेकाे स्थानीय अगुवाले गुनासाे पाेखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बनको निर्वाचनमा काँग्रेश र एमालेको एउटै प्यानल, गठबन्धनकाे माओवादी र समाजबादी फुटेर अर्कै प्यानलमा
Next post नेपालमा केही दिन यता संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढ्याे (तालिका सहित)