२१ माघ २०७८,काठमाडौं– नेपालमा केही दिन यता संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढ्न थालेकाे छ । नेपालमा गत २४ घण्टामा २ हजार ५ सय २६ जनामा कोरोना भाइरस संक्रमण थपिँदा तेव्बर बढी ८ हजार ४ सय २५ जना निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनामा गरिएको नमूना परीक्षणमा २ हजर ५ सय २६ जनामा संक्रमण पुष्ट भएको हो । यस्तै पछिल्लाे मृत्यु हुनेकाे संख्या भने बढ्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ७ सय ९४ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ जनामा झरेकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *