हंसेदुम्से बनको निर्वाचनमा पदाधिकारी सहित अधिक पदमा काँग्रेश एमाले प्यानलको विजय

अध्यक्षमा गुरागाँई सहित २० पदमा विजय
२२ माघ २०७८/डिकेश लामा
झापाको दमकमा रहेको एक मात्र ठूलो हंसे दुम्से सामुदायिक बनको आज शनिबार भएको निर्वाचनबाट काँग्रेश र एमाले प्यानलले अधिक पदहरुमा विजय हात पारेको छ । कार्यसमितिको २५ पद मध्ये २० पदमा काँग्रेश एमाले प्यानलले विजय प्राप्त गरेको छ भने ५ जना कार्य समिति सदस्यमा माओवादी प्यानलबाट विजयी बनेका छन् ।
निर्वाचनबाट अध्यक्ष पदमा एमालेका चन्द्रप्रसाद गुरागाँई प्रतिद्वन्दी माओवादी प्यानलबाट उम्मेद्वार दिनु भएका राप्रपाका विजय बराललाई ११ मतको अन्तरमा ८१ मत ल्याएर निर्वाचित हुनु भएको छ । यस्तै काँग्रेश एमाले प्यानलबाट पदाधिकारीमा सतप्रतिशत विजयी बनेका छन् । उपाध्यक्षमा पदम लिम्बु (९२), सचीवमा लता चापागाँर्इं (९४), सह-सचीवमा सोमनाथ ढुङगाना (७३) र कोषाध्यक्षमा पुरन अधिकारी ‘पवन’ (५९) मत ल्याएर विजयी बनेका छन् ।
यस्तै सदस्यहरुमा काँग्रेश एमाले प्यानलबाट सुमित्रा प्रसाईं, चन्द्र कार्की डोली, सीता धिमाल,पूर्ण बहादुर विष्ट, श्यामप्रसाद आचार्य, जानुका विष्ट, डिल्लिराम दुलाल, हिमादेवी श्रेष्ठ, चन्द्रविर वि.क., प्रमोद दाहाल,प्रतिमा ढुङगेल विजयी बनेका छन् । यस्तै माओवादी लगायत अन्य ४ दलकाे प्यानलबाट कार्य समिति सदस्यमा रतन धिमाल, तारा गौतम्, देवीमाया आङदेम्बे, शरणकुमारी कार्की र शेरबहादुर बस्नेत विजयी बनेका छन् ।

यस्तै लेखा समितिमा नेका प्यानलबाट विरेन्द्र पोखरेल संयोजक र सदस्यमा राजकुमार अधिकारी विजयी भएका छन् भने माओवादी प्यानलबाट गंगाप्रसाद दुलाल विजयी बनेका छन् ।
राष्ट्रिय राजनीतिमा दुई धु्रवमा विभाजित बनेको नेपाली काँग्रेश पार्टी र नेकपा एमालेको गठबन्धन चुनावमा एउटै प्यानल बनाएर उठे पछि पार्टी भित्र भने केही खैल्लावैल्ला भएको छ । पदाधिकारी पदमा हार व्यहाेर्न बाध्य बनेका माअाेवादी प्यानलले काँग्रेशले धाेका दिएकाे गुनासाे पाेखेका छन् । बनकाे निर्वाचनमा काँग्रेश एमाले र नेकपा माओवादी केन्द्र, राष्ट्रिय पजातन्त्र पार्टी, नेकपा समाजबादी र संघीय लिम्बुवान प्रान्तीय मंच नेपालकाे प्यानल बनाएर चुनावमा उम्मेद्वार दिएका थिए ।

ढुकुरपानी माविका प्रधानाध्यपक कृष्ण भण्डारीको संयोजनमा निर्माण भएको निर्वाचन मण्डलले आज अपरान्ह ६ बजेसम्म लगाएर मत गणना गरी परिमाण सार्वजनिक गरेको कार्यलय सचीव भोजकुमार भण्डारीले जानकारी दिनु भयो ।
६ सय १७ हेक्टर क्षेत्रफलमा रहेको हंसेदुम्से सामुदायिक बनमा व्लक नम्बर १ देखि ७ सम्मबाट छनौट भएका १ सय ५९ जना परिषद सदस्य मध्ये १ सय ५७ मत खसेको छ । बनको निर्वाचन दल र उपभोक्ताबाट गर्नु पर्ने विधान भए पनि हालसम्म राजनैतिक भागबन्डाबाट मात्रै हुँदै आएको प्रति उपभोक्ताहरुले भने बर्षाैैं देखि असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १७१४ संक्रमित, ४७७१ निकाेः ९ जनाकाे मृत्यु (आज एकै दिन ५ लाख ८८ हजारले लगाए खाेप)
Next post लावतीको अध्यक्षतामा १ सय ५१ सदस्यीय एकीकृत समाजवादीको वडा कमिटी गठन