नेपालमा आज १७१४ संक्रमित, ४७७१ निकाेः ९ जनाकाे मृत्यु (आज एकै दिन ५ लाख ८८ हजारले लगाए खाेप)

२२ माघ २०७८,काठमाडौं– नेपालमा केही दिन यता संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढ्न थालेकाे छ । नेपालमा गत २४ घण्टामा १ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय १३ जनामा गरिएको नमूना परीक्षणमा १ हजर ७ सय १४ जनामा संक्रमण पुष्ट भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा ४ हजार ७ सय ७१ जन संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ८ सय ३ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ५२ हजार ७ सय ८० जनामा झरेकाे छ ।

यसैबीच नेपालमा आज एकै दिन ५ लाख ८८ हजार ४ सय ४० जनाले खाेप लगाएका छन् । हालसम्म ३ कराेड ३८ लाख मात्रा खाेप लगाइसकिएकाे छ । जस मध्ये १ कराेड ५४ लाख पूर्ण मात्रा ७२ प्रतिशत र १ कराेड ७७ लाख एक मात्रा ८८ प्रतिशत खाेप लगाइसकिएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पत्रकार र प्रेस स्वतन्त्रता विराेधी कार्य गरेकाे भन्दै स्वास्थ्य व्यवसायी प्रसाईंलाई कानुनी कार्वाही गर्न माग
Next post हंसेदुम्से बनको निर्वाचनमा पदाधिकारी सहित अधिक पदमा काँग्रेश एमाले प्यानलको विजय