नेपालमा २ लाख ४० हजारले जिते काेराेना

२ पाैष २०७७, काठमाडौं– नेपालमा अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४० हजार ३ सय ६३ जना छन् । गत २४ घण्टामा ९४७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।  नेपालमा निको हुने दर ९५ दशमलव ४ प्रतिशत रहेको छ । यसैगरी आज थप ७७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षणमा ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालीका लागि चाँडाे खाेप लगाउन ‘खोप द्रुत कार्ययोजना’ कार्यान्वयनमा
Next post विधुत सर्ट हुँदा दमकमा २८ लाखको क्षति