विधुत सर्ट हुँदा दमकमा २८ लाखको क्षति


२ पौष २०७७, झापा
झापाको सरकारी दमक अस्पतालमा यस अघि भएको आगलागी विधुत सर्ट भएर नै भएको निष्कर्ष निकालिएको छ । आगलागी घटना सम्बन्धी छानविन समितिले आज अस्पतालमा एक कार्याक्रम गर्दै आगलागी आवश्यक अर्थिङ जडान नहुँदा विधुत सर्ट भएरै भएको बताएको छ । यस्तै आगलागीबाट २८ लाख ७८ हजार बराबरको औषधी र अन्य सामाग्री नष्ट भएको दमक नगरपालिका उपप्रमुख तथा अस्पतालकी अध्यक्ष गीता अधिकारीले बताउनु भयो ।
औषधी गोदाममा गत कार्तिक २९ गते दिनको साढे २ बजे तिर एक्कासी आगलागी भएको थियो । आगलागीलाई चाँडै नियन्त्रणमा लिए पनि अति तापक्रममा परेका कारण भण्डारण गरिएका औषधी प्रयोग गर्न नसकिने भएको छ । औषधीको गुण र मुल्य तापका कारण रहे नरहेको जाँच्ने यन्त्र नहुँदा धेरै राम्रै औषधी पनि फाल्नु पर्ने अवस्था आएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डा. खड्ग लिम्बुले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि रहनु भएका प्रदेशसभा सांसद अर्जुन राईले कम्जोर भवन र विधुतीकरणमा भएका केही कम्जोरीले यस्ता दुःखद घटना आउने भएकाले नयाँ बन्दै गरेको भवन र संरचनामा प्राविधिकले यस्ता कम्जारीलाई अति ध्यान दिनु पर्ने बताउनु भयो ।
कार्याक्रममा अस्पतालमा कोरोना कहरकाबीच पनि चालु आर्थिक बर्षको पहिलो चौमासिकमा २ करोड २४ लाख ९४ हजार बीमा, काउण्टर र फार्मेसीबाट आम्दानी भएको अस्पतालले जनाएको छ । कार्याक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सामाजिक, शैक्षिक, स्वास्थ्य क्षेत्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा २ लाख ४० हजारले जिते काेराेना
Next post चाँडै खाेप ल्याउन सरकार लागेकाे छः अर्थमन्त्री पाैडेल