एक अर्व लगानीकाे नुडल्स उद्योगमा भीषड आगलागी ६ घण्टामा पनि निभेन आगाे (फाेटाे फिचर सहित)

२९ माघ २०७८/डिकेश लामा
झापाको मेचीनगर नगरपालिका वडा नं. १४ मा रहेको मनसा थाइफुड प्रा.ली. उद्योगमा भिषण आगलागी भएको छ । विहान ५ बजे देखि लागेको आगो मध्यान्ह तिर नियन्त्रणमा आए पनि उद्योगमा रहेका अघिकांश बस्तुहरु भने जलेर नष्ट भएका छन् । आगो निभाउन १३ वटा दमकल सहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको ढेडसय भन्दा धेरै जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक बसन्त पाठकले बताउनु भयो । आगलागीको क्षतिको विवरण भने आइसकेको छैन ।

झण्डै १ अर्व रुपयाँ लगानी गरिएको भनिएको उद्योगमा पछिल्लो समय दैनिक २० हजार काटन विभिन्न नामका मगमग,अकवेर तयारी चाऊचाऊ, चिजबल्स लगायतका १ करोड २० लाख मुल्यको बस्तु उत्पादन गर्दै आएको थियो । उद्योगमा २ सय ५० जनाले प्रत्यक्ष रोजगारी गर्दै आएको यसका संचालक सदस्य बुद्धि घिमिरेले जानकारी दिनु भयो । गएको माघ १९ गते मात्र झापाको काँकडभिट्टामा संचालित एसएस जुता उद्योगमा आगलागी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ११२८ संक्रमित, २२१५ निकाेः १४ जनाकाे मृत्यु
Next post नेपाल संक्रमित संख्या ह्वात्तै घट्याेः अाज ८३६ संक्रमित, १८२६ निकाे