झापामा अनुदानले चैते धान विस्तार हुँदैः स्थानीय तहमै पकेट कार्याक्रम संचालन
४ फाल्गुन २०७८/डिकेश लामा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन मार्फत चैतेधान प्रवर्धन कार्यक्रम शुरु गरे पछि खेती समेत विस्तार हुन थालेको छ । विउ, मल, सिंचाई देखि औजार उपकरण समेतमा अनुदान पाए पछि खेतीका लागि धमाधम किसानले विऊ राख्न थालेका छन् । झापाको दक्षिणी क्षेत्रका किसानले चैते धान उत्पादनलाई जोड दिएका छन् । धान सुपरजोन परियोजना मार्फत चैतेधान उत्पादन तथा प्रवर्धन कार्याक्रमले यस बर्ष पनि अनुदान सहयोग गरे पछि खेतीमा किसानहरु आकार्षित भएको गौरादह नगरपालिकाका कृषि शाखाकी प्रमुख सनिता राईले बताउनु भयो ।
गौरादह नगरपालिका वडा नं. ७ का किसानले यस पटक दोव्बर क्षेत्रमा चैते धान लगाउन धमाधम विऊ राख्ने काम थालेका छन् । ३० लाख रुपयाँ बजेटमा कृषि औजार, मल, विऊ र सिंचाईमा सहयोग गरे पछि किसानहरुले खेतीको क्षेत्रफल बढाउँदै लगेको गछियामारी कृषि समूहका तथा धान पकेट कार्याक्रमका अध्यक्ष गोपिकृष्ण बाँस्तोलाले बताउनु भयो । गत बर्षदेखि नै संघीय सरकारकाे ३० लाख रूपयाँ बजेटमा थालिएकाे कार्याक्रम निक्कै प्रभावकारी बनेकाे गाैरादह नगरपालिका कृषि शाखाकी प्रमुख सनिता राइले बताउनु भयाे । यस बर्ष पनि चैतेधान प्राेत्साहन कार्यक्रम सम्झाैता भइ शुरू गरिएकाे छ । चैते धान प्राेत्साहनका लागि खेती गर्नेले प्रति कठ्ठा एक हजार रूपयाँ प्राप्त गरेका छन् । विउमा ५० प्रतिशत अनुदान र खेती गर्दा विगाहमा २० हजार रूपयाँ पाए पछि खेतीमा किसानहरू उत्साहित भएकाे गाैरादह ८ दामावारी कृषक समूहका अध्यक्ष डिल्लिबहादुर पाेखरेलले बताउन्रु भयाे ।
नेपालमा सवै भन्दा धेरै क्षेत्रफलमा धान खेती हुने झापा जिल्लामा चैतेधानको खेती केही बर्ष यता घट्दै गएको थियो । गत बर्ष देखि चाक्लाबन्दी र बाली विकास कार्याक्रमले उत्साहित भएर खेतीमा लागेको किसानले बताएका छन् । झापा जिल्लामा चैते धान मात्रै पनि बार्षिक २० हजार हेक्टर क्षेत्रफलमा १० लाख २० हजार मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङक रहेको छ । बजारीकरणमा समस्या भएकाले घट्दै गएको खेती पुन अनुदानका कार्याक्रमले बढ्न थालेको किसानले बताएका छन् । यस अघि चैते धान खेती विस्तारका लागि कृषि ज्ञान केन्द्र झापा र प्रधानमन्त्री कृषि आधुनिकीकरणले उत्पादनमा प्रोत्साहन कार्याक्रम संचालन गरेका छन् । हालै आएर प्रति व्लक १० लाखका दरले मकै र धान गरी १० स्थानमा व्लकको कार्याक्रम संचालन हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार व्लकले खेती नगर्ने किसानहरुलाई समेत उत्साहित गरेको बताउनु भयो । गत बर्ष देखि झापाका हरेक स्थानीयमा २ देखि ३ वटासम्म पकेट कार्यक्रम स्थानीय तहले नै गर्ने गरेका छन् ।