नेपाल आज ४३७ संक्रमित, २४५४ निकाेः २ जनाकाे मृत्यु

६ फाल्गुन २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ४ सय ३७ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१ जनामा गरिएको नमूना परीक्षणमा ४ सय ३७ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा २ हजार ४ सय ५४ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा २ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय १३ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३५ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमक नजिककाे सिंगो मार्चेबुङ गाऊँ अझै अन्धकारमा (फाेटाे फिचर सहित)
Next post झापाको तेस्रो ठूलो तल्लो रामचन्द्रे सिंचाईको करडौंको लगानी प्रयोग विहीन(फाेटाे फिचर सहित)