लाेक गायक तथा कलाकार जयनन्द लामाकाे मृत्यु

१ फाल्गुण, २०७८ काठमाडौं- वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको अाज विहान निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे-२ धार्पाका लामाको भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । लामा निधन भएको खवर हल्का रमाइलाे टीमले जानकारी दिएकाे छ  । सिरियलका निर्देशक मरिचमान श्रेष्ठका अनुसार आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत फेला पर्नु भएको हाे । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिनुभएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ ।

स्वर्गीय लामाले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गर्नुभएको थियो । कलकते काइयाे, मुकाे चाना, सलल पानी लगायत  दर्जनाैं लाेक प्रीय गीतहरू गाउनु भएकाे छ । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आउनु भएको थियो । लामाकाे के कारणले मृत्यु भयाे भन्ने अझै स्पष्ट भएकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४७६ संक्रमित,८३१ निकाेः ३ जनाकाे मृत्यु
Next post नेपालमा आज ३१२ संक्रमित,८९१ निकाेः २ जनाकाे मृत्यु