नेपालमा आज ३१२ संक्रमित,८९१ निकाेः २ जनाकाे मृत्यु

११ फाल्गुन २०७८,काठमाडौं– नेपालमा केही दिन यता संक्रमणकाे संख्या घट्न थालेकाे छ । नेपालमा गत २४ घण्टामा ३ सय १२ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ९३ जनामा गरिएको नमूना परीक्षणमा ३ सय १२ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा  ९ सय ११ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा २ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ३० जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९० जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लाेक गायक तथा कलाकार जयनन्द लामाकाे मृत्यु
Next post धान खेत मासेर मरिच खेतीमा बुद्धशान्तिका किसानको आकार्षण (फाेटाे फिचर सहित)