भाेलि दमकमा उपकुलपति गुरूङकाे हातबाट छ जना सम्मानित हुँदै

१३ फाल्गुण २०७८/सारासन्देश समाचार
नेपालमा पहिलो पटक स्थानीय सरकारले साहित्य,कला, सँस्कृति र विज्ञान प्रविधिको विकास गर्न गठित दमक प्रज्ञा प्रतिष्ठानले भाेलि वृहत साहित्यिक कार्यक्रमबीच एकसाथ ६ वटा पुरस्कार प्रदान गर्ने भएकाे छ । नेपाल पज्ञाप्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरूङ प्रमुख आथित्यमा हुने कार्यक्रममा पुरस्कार वितरण, पुस्ताकालय उदघाटन लगायतका कार्यक्रम हुने आयाेजक दमक प्रज्ञा प्रतिष्ठानले जानकारी दिएकाे छ । प्रतिष्ठानकाे आज बसेकाे वैठकले बाहिरबाट आउने साहित्यकार तथा कलाकारकाे उपस्थितिमा यस अघि घाेषणा गरिएकाे पुस्कार वितरण गरिने प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले बताउनु भयाे ।


कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानले विशष्टि प्रतिभा, सँस्कृति, मातृभाषा साहित्य, कलासाधाना, विज्ञान प्रविधि र बाल प्रतिभा पुरस्कार वितरण गर्ने जनाएको छ । कार्याक्रमको अवसर पारेर दमक प्रज्ञा प्रतिष्ठानले पुस्तकालय समेत उद्घाटन गरिने जानकारी दिएको छ । यस अघि मंसीर २५ गते वितरण गर्ने पुरस्कार काेराेना कहरले सारिएकाे थियाे । कार्यक्रम दमक नगरपालिकाकाे हलमा हुने अायाेजकले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २७५ संक्रमित,५५५ निकाेः १ जनाकाे मृत्यु
Next post दमकमा ६ जना श्रष्टालाई एकसाथ सम्मान (फाेटाे फिचर सहित)