दमकमा ६ जना श्रष्टालाई एकसाथ सम्मान (फाेटाे फिचर सहित)

१४ फाल्गुण २०७८/डिकेश लामा
झापाको दमकमा आज विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने साहित्य, कला र सँस्कृति क्षेत्रका ६ जना श्रष्टालाई नगद सहित सम्मान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङ्गको हातबाट सम्मान गरिएको हो । सम्मानित हुनेमा डा. गोविन्दराज भट्टराई (विशिष्ट प्रतिभा), डा. सोमबहादुर धिमाल (सँस्कृति), जसहाङ्ग लिम्बु (विज्ञान प्रविधि), चन्द्रा गड्तौला(कला साधना), रचना लावती( मातृभाषा साहित्य) र सेलिया श्रेष्ठ (बाल प्रतिभा) पुरस्कारबाट सम्मानित हुनु भएको छ ।
पुरस्कारको राशी नगद १५, २१ र ५१ हजार रहेको छ ।

दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्याक्रममा प्रमुख अतिथि प्रा.डा. गुरुङ्गले साहित्य कला क्षेत्रको विकासले चेतनाको विकास भई समृद्धि समाज निर्माणमा समेत टेवा पुग्ने बताउनु भयो । कार्याक्रममा ४ जना श्रष्टाको पुस्तक समेत विमोचन गरिएको छ । डा. अन्जना भट्टराईको समय संवेग, मेघराज तिम्सिना (दिगभ्रम कविता संग्रह लोकार्पण गर्नु भएको छ । यस्तै, अम्बिकाप्रसाद सापकोटा र देवेन्द्र सापकोटाको समेत शोक काव्य, मुक्तक र नाटक विधाका पुस्तकहरु विमोचन भएका छन् ।


यस्तै कार्याक्रममा पुस्ताकालय समेत उद्घाटन, साँस्कृतिक र साहित्य वाचन समेत गरिएको छ । कार्याक्रममा भारत लगायत अन्य जिल्लाका साहित्यकार तथा कलाकारहरुको उपस्थिति रहेको छ । नेपालमा पहिलो पटक स्थानीय सरकारको संयोजनमा प्रज्ञा प्रतिष्ठान संचालनमा ल्याएर साहित्य, कलाको विकासमा समाजलाई अगाडि बढाउन पाउँदा नगरपालिकाले गौरब महशुष गरेको कार्याक्रमका विशिष्ट अतिथि रहनु भएका दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनु भयो ।

प्रतिष्ठानले दमक ज्योति र बालज्योति नामक साहित्यिक पत्रिका समेत नियमितरुपमा प्रकाशन थालेको छ । कार्याक्रममा विभिन्न जातिकाका साँस्कृतिक झँ्याकी समेत प्रदर्शन गरिएको कार्यक्रम संचालक प्रतिष्ठानका सचीव विष्णु न्याैपानेले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भाेलि दमकमा उपकुलपति गुरूङकाे हातबाट छ जना सम्मानित हुँदै
Next post नेपालमा आज १५५ संक्रमित,५४० निकाेः २ जनाकाे मृत्यु