बाध्यत्मक परिस्थितिले जन्म्यो अहिले अवस्थाः मुख्य मन्त्री राई
समृध्दिकाे यात्रामा अझै ओलीले नै नेतृत्व गर्ने
६ पौष २०७७, झापा
नेपालको बर्तमान राजनैतिक अवस्थाको बारेमा प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राईले बाध्यात्मक परिस्थितिको उपज भएको बताउनु भएको छ । उहाँले अहिलेको राजनैतिक उथलपुथललाई बाध्यात्मक परिस्थितिले जन्माएको अवस्था भएको बुझ्न आग्रह समेत गर्नु भएको छ ।
यो घटनाक्रमले समृद्धिको यात्रामा केही अवरोध सृजना हुन गईरहेको भए पनि विकास र समृद्धिको यात्रामा फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नै नेतृत्व गर्ने मुख्य मन्त्री राईले दावी गर्नु भएकाे छ ।
झापामा आज विभिन्न विकास निर्माणको शिल्यान्यास कार्याक्रममा सहभागी राईले दमकको दमक जैविक कृषि बजार भवनको शिल्यान्यास गर्दै समृद्धिको यात्रामा अवरोध आए पनि विकासका कार्यमा अवरोध आउन नदिने बताउनु भएको छ ।
मन्त्री राईले आज भद्रपुरको कलवलगुढीमा तालिम प्रशिक्षण केन्द्र, दमकको बुद्धमार्ग सडक, वेतेनी खोला पुल, जैविक कृषि बजार भवनको शिल्यान्यास गर्नु भएको छ । यस्तै दमकमा निर्माणधीन राष्ट्रिय गौरबको योजना दमक भ्यूटावर, निर्माणधीन चुलाचुली ढुङ्गे सडकको समेत निरीक्षण तथा अवलोकन गर्नु भएको छ । मन्त्री राईले शिल्यान्यास तथा अनुगमन गर्नु भएको विभिन्न कार्याक्रममा प्रदेशसभाका सांसद तथा मन्त्रालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा राजनैतकि नेतृत्वको समेत सहभागिता रहेको छ ।