0 0
Read Time:3 Minute, 15 Second

१९ फाल्गुण २०७८,झापा– झापा गाेल्ड कपकाे पाँचाैं संस्करणकाे फुटवल प्रतियोगिता गर्नका लागि सम्पूर्ण तयारी पुरा भएको छ । आज एक पत्रकार सम्मेलन गरी आयोजक संस्था झापा गोल्डकप समितिले तयारी पुरा भएकाे जानकारी दिएकाे छ ।  बिर्ताबजार स्थित डोमालाल रंगशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले आगामी २१ देखि ३० गतेसम्म हुने खेल प्रतियाेगितामा सवैकाे सहयाेगले मात्र सफल हुने अवस्थामा पुगेकाे बताउनु भयाे ।  । अध्यक्षा बस्नेतका अनुसार १० हजार हाराहारीमा दर्शक अटाउँन सक्ने क्षमताकाे अस्थायी प्याराफिट र घेराबारा निर्माण लगायतका सवै कार्य सकिएकाे बताउनु भयाे ।

पाँचौं संस्करण झापा गोल्डकपमा घरेलु टोली झापा–११ ‘ए’ डिभिजन क्लवहरु नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सातदोबाटो र आरपी एफसी सिक्कम सहित १० वटा टिमको सहभागीता रहने बताइएकाे छ । यस बर्ष ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो शान’ भन्ने नारालाई अघि सारेर आयोजना गरिएकाे झापा गोल्डकपका विजेता टिमले १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैंया पाउने छन् । त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिातमा उदयमान खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेनडर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैंया पुरस्कार आयोजकले दिने भएको छ । त्यस्तै उच्च गोलकर्तालाई नगद २५ हजार दिईने आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले बताउनु भयाे । खेल संचालनका लागि १ कराेड ४० लाख रूपयाँ खर्च हुने अायाेजकले जानकारी दिएकाे छ ।


पाँचौं संस्करण खेलको उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओली र समापन कार्यक्रममा पूर्व गृहमन्त्री नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यता रहेको निधो भएको आयोजकले जनाएको छ । पक्रकार भेटघाट कार्यक्रममै झापा–११ फुटवल क्लवको जर्सी सार्वजनिक गरिएको छ । उक्त सर्जी निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरी र संरक्षक जलकुमार गुरुङले सार्वजनिक गर्नु भएकाे छ ।

 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *