बलात्कारकाे अभियाेगमा झापामा ३ जना पक्राउ
१९ फाल्गुण २०७८, झापा– १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा झापामा तीन जना युवक पक्राउ परेका छन् । दुई जना गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीबाट र एक जना भद्रपुर नगरपालिका–४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गौरीगञ्जमा पाहुना आएकी १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा भाकुरमारीका २२ वर्षीय प्रमोद राजवंशी र २४ वर्षीय देवकुमार राजवंशी पक्राउ परेका हुन् । प्रहरीका अनुसार बुधबार बेलुका साढे ४ बजेतिर खेतमा पराल लिन गएकी बालिकामाथि बलात्कार भएको बताइएकाे छ ।
पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जाहेरी दिएको अाधारमा उनीहरूलाइ पक्राउ गरिएकाे हाे । भारतीय सीमा नजिक जवान मुन्सी मेला घुमेर फर्किने क्रममा उनीहरुले बालिकालाई जबर्जस्ती करणी गरेका थिए । त्यस्तै जबर्जस्ती करणी गरी फरार भएको अभियोगमा भद्रपुर नगरपालिका ४ का १९ वर्षीय रमेश लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । लिम्बूले फागुन १७ गते स्थानीय १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।