सुनकाे मुल्य एक लाख नजिक
२० फाल्गुण २०७८,सारासन्देश समाचार- सुनकाे मुल्य प्रति ताेल एक लाख नजिक पुगेकाे छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले बढेर रु ९९ हजार ९०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४०० तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९८ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला रु एक हजार ३८० कायम रहेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ३५ डलर आसपास कारोबार भइरहेको छ ।
More Stories
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...