प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता शुरुः नेपाल पुलिस र न्यूडायमण्डकाे विजय शुरूवात (फाेटाे फिचर सहित)
२१ फाल्गुण २०७८/डिकेश लामा
झापाको दमकमा आज देखि प्रथप दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ शुरु भएको छ । ११२ औं अन्तराष्ट्रिय महिला दिवशको अवसरमा महिला सशक्तीकरणका लागि आयोजना गरिएको खेल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस काठमाण्डाैं र ह्वाङह्वाङजी न्यू डायमण्ड स्पोर्टस क्लव काठमाण्डाैं विजयी बनेका छन् ।
नेपाल पुलिसले शसस्त्र प्रहरी बललाई सोझो ३ सेटमा हराएर विजयी बनेको हो । यस्तै वेष्ट अफ फाइभमा त्रिभूवन आर्मी काठमाण्डाैंलाई हराउँदै न्यूडायमण्ड काठमाण्डाैंले विजय हात पारेको हो । राष्ट्रिय स्तरका ६ वटा क्लवबीच भईरहेको प्रतियोगिता दमक नगरपालिका खेलकुद समितिले आयोजना गरेको हो ।
खेलमा प्रथम हुनेले २ लाख र दितीय १ लाख नगद पाउने छन् । यस्तै तेस्रो हुनेले ५० हजार र सान्तवनालाई २५ हजार नगद प्रदान गरिने छ । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आथित्यमा समुद्घाटन भएको खेल ३ दिनसम्म चल्ने छ । महिलाहरुको खेल क्षेत्रमा विकास गर्ने उदेश्यले नगरले पहिलो पटक राष्ट्रिय स्तरको महिला भलिवल प्रतियोगिताको आयोजना गरेको र आयोजक दमक समेतले राष्ट्रिय स्तरको खेल खेल्ने उपप्रमुख अधिकारीले बताउनु भयो ।
भोली त्रिभूवन आर्मी र दमक भलिवल क्लव, शसस्त्र प्रहरी र प्रदेश नम्बर एक, दमक भलिवल क्लव र न्यूडायमण्ड तथा प्रदेश नम्बर एक र नेपाल प्रहरीको टीमबीच ४ वटा खेल हुने आयोजकले जानकारी दिएको छ । खेल विहान ८ बजे, १० र दिउँसो अपरान्ह २ बजे र ४ वजे हुने आयोजक समितिका फोर्थ अफिसियल प्रेम बास्तोलाले जानकारी दिनु भयो ।