नेपालमा तेस्राे भेरियन्टकाे पहिलाे पटक संक्रमित संख्या दाेहाेराे अंकमा सिमित

२१ फाल्गुन २०७८,काठमाडौं–  नेपालमा आज पहिलाे पटक काेराेा संक्रमितकाे संख्या दाेहाेराे अंकमा झरेकाे छ ।  गत २४ घण्टामा ९१ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ सय २० जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा  ३ सय  ६२ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा कसैकाे पनि काेराेना संक्रमणका काराण ज्यान नगएकाे आज याे पहिलाे पटक हाे । हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ४५ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ४७ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता शुरुः नेपाल पुलिस र न्यूडायमण्डकाे विजय शुरूवात (फाेटाे फिचर सहित)
Next post झापा गाेल्डकपकाे पहिलाे खेलमा सात दाेबाटाे विजयी