दमकमा जारी राष्ट्रिय महिला भलिवल प्रतियाेगितामा प्रहरी, आर्मी, शसस्त्र र न्यू डायमण्ड सेमिफाइनलमा प्रवेश (फाेटाे फिचर सहित)

२२ फाल्गुण २०७८/सारासन्देश समाचार
झापाको दमकमा जारी प्रथप दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को दोस्रो खेलमा काठमाण्डौंका राष्ट्रिय टिमहरु सेमी फाइनल खेलमा प्रवेश गरेका छन् ।
आज भएको दुई चरणको खेलमा त्रिभूवन आर्मी, शसस्त्र प्रहरी बल, न्यू डायमण्ड क्लव र नेपाल प्रहरी विजयी बनेका छन् । विजयी टिमले आयोजक दमक भलिवल क्लव र प्रदेश नम्बर एकलाई दुई चरणको खेलमा हराएर सेमी फाइनलमा प्रवेश गरेका हुन् ।


दमक नगरपालिका खेलकुद समितिको आयोजनामा दमकको पशुहाटमा ११२ औं अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर महिला सशक्तीकरणका लागि आयोजना गरिएको खेल प्रतियोगितामा भोलि नेपाल प्रहरी र त्रिभूवन आर्मी तथा शसस्त्र प्रहरी र न्यू डायमण्डबीच सेमी फाइनलको खेल हुने आयोजकले जानकारी दिएको छ । भोलि सोमबार पहिलो सेमी फाइनल विहान ९ र दोस्रो अपरान्ह २ बजे फोर्थ अफिसियल सदस्य प्रेम बाँस्तोलाले जानकारी दिनु भयो ।


खेलमा प्रथम हुनेले २ लाख र दितीय १ लाख नगद पाउने छन् । यस्तै तेस्रो हुनेले ५० हजार र सान्तवना हुने टीमले २५ हजार नगद प्राप्त गर्नेछन् । राष्ट्रिय स्तरका महिला भलिवल टीमको सहभागितामा दमक नगरले पहिलो पटक दमक भलिवल कपको शुरुवात गरेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापा गाेल्डकपकाे पहिलाे खेलमा सात दाेबाटाे विजयी
Next post झापा गाेल्डकपमा संकटा क्वार्टर फाइनलमा प्रवेश