
दुःखद खबरः संखुवासभाबाट झापा जाँदै गरेकाे बस दुर्घटना हुँदा १४ जनाकाे मृत्यु
२६ फाल्गुण २०७८,संखुवासभा – संखुवासभाको मादीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । आज बिहान भएको दुर्घटनामा अन्य ५ जनाको जिवितै उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्यज सुवेदीका अनुसार मृत्यु हुनेकाे संख्या १४ जना पुगेकाे बताउनु भयाे । मृतकहरुको पहिचान भइसकेको छैन् । संखुवासभाबाट झापाकाे दमक तर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहानै दुर्घटनामा परेको थियो । आज बिहान करिब ७ः३० बजेको समयमा संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । बसमा कति जना सवार थिए भन्ने यकीन नभएकाे प्रहरीले जनाएकाे छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।
More Stories
रैथाने जातका माछा लोप हुँदै जाँदा माछा मारेर जिविकोपार्जन गर्ने समूदायमा समस्या (फाेटाे फिचर)
२५ मंसिर २०८०/डिकेश लामा खोला खोल्छीका माछा मारेर जिविकोपार्जन गर्ने आदिवासी समूदायहरु पछिल्लो समय समस्या पर्न थालेका छन् । अवैध...
लैंगिक हिंसा अन्त्य गर्न घरैबाट थालौं (फाेटाे फिचर)
२४ मंसिर २०८०/सारासन्देश समाचार(दमक) लैंगिक हिंसा कम गर्न अव हरेकले घरैबाट अभियान थाल्नु पर्नेमा जोड दिइएको छ । हिंसा सम्बन्धी...
शरणार्थीको स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग
२४ मंसिर २०८०/सारासन्देश समाचार ७५ आंंैं अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग गरेका...
चिरानी साँखुकाे काठ र ट्रयाक्टर सहित २ जना पक्राउ
२३ मंसिर २०८०, झापा– ट्याक्टरको डालामा माटोले पुरेर अवैधरुपमा सखुवाको काठ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
दमककाे दुम्सेली साँस्कृति विकास मञ्चमा नयाँ समिति गठन (फाेटाे फिचर)
२३ मंसिर २०८०/सारासन्देश समाचार(दमक) झापाको दमक वडा नं. ३ मा २०३७ सालमा स्थापित दुम्सेली साँस्कृति विकास मंचको अध्यक्षमा शान्तिराम भट्टराई...
औषधी र जनशक्तिको अभावले पार्देशिक आयुर्वेदिक अस्पताल संचालनमा समस्या
२२ मंसिर २०८०/सारासन्देश समाचार (झापा) झापाको कमलमा रहेको कोशी प्रादेशिक अस्पतालमा औषधी र जनशक्तिको अभावले समस्या भएको छ । ५०...