संखुवासभा बस दुर्घटनामा मृत्यु हु्नेकाे पहिचान खुल्दै नाम सहित

२६ फाल्गुण २०७८,संखुवासभा– संखुवासभा बस दुर्घटनामा मृत्यु हु्नेकाे पहिचान खुल्न थालेकाे छ । १४ जना मध्ये १० जना मृतककाे पहिचान खुलेकाे छ । यस्तै घाइते ५ जनाको पहिचान पनि  खुलेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औशीडाँडाका ३० बर्षीय विपिन निरौला, मादी –४ का सह चालक ३५ बर्षीय उमेश भट्टराई, मादी –५ का ४५ बर्षीय दिपक दाहाल, ५२ बर्षीय श्याम शेर्पा र ५५ बर्षीय भवानी दाहाल, मादी –६ का ३८ बर्षीय इन्द्र बहादुर अधिकारी ,३८ बर्षीय आइत बहादुर तामाङ, ३५ बर्षीया सविता राउत कार्की, मादी ६ अञ्जना कटुवाल र दिशा कटुवाल भएकाे जिल्ला प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिनु भयाे  ।

दुर्घटनामा मृत्यु भएका एक पुरुष, २ महिला र १ बालकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन । बिहीबार बिहान साढे ७ मादीको ओखरबोटे बजार बाट झापाको दमक तर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो । बस मादी– ६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तिब्र गतिका कारण दुर्घटनाा भएको हुनसक्ने अनुमान गरिएकाे छ । घाइते हुनेमा मादी –५ का सुवाष गोले, युवा पोख्रेल र मादी –६ का तुलसा कटुवाल,अम्बिका विक,डम्बर बहादुर कार्की रहेका छन् । उनीहरूकाे उपचारका लागि काठमाण्डाै लाने तयारी थालिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दुःखद खबरः संखुवासभाबाट झापा जाँदै गरेकाे बस दुर्घटना हुँदा १४ जनाकाे मृत्यु
Next post झापामा जारी फुटवल प्रतियाेगितामा घरेलु झापा ११ सेमिफाइनलमा प्रवेश