मलको मारमा किसानः भारतबाट अवैधरुपमा ल्याएको गुणस्तरहीन मल दोब्बर मुल्यमा खरिद गर्न किसान बाध्य (फाेटाे फिचर सहित)

२९ फाल्गुण २०७८/डिकेश लामा

बजारमा मल नपाए पछि सीमावर्ती क्षेत्रका किसानहरु भारतबाट अवैधरुपमा भित्रिएका महँगो मल किन्न बाध्य हुनु परेको छ । नेपालमा ५० केजीको डीएपीलाई २३ सय ७५ मा पाइने मल भारतबाट ल्याउँदा ४० केजीकै ४ हजारसम्म तिर्नु परेको छ । यस्तै ५० केजीको प्रति बोरा ९ सयमा नेपालमा पाउने मल भारतबाट ल्याउन १६ सय देखि २ हजारसम्म तिर्नु परेको किसानले बताएका छन् । सिमावर्ती क्षेत्रमा लुकिछिपी भारतबाट ल्याएका मल लिन दक्षिण झापाका अधिकांश किसानहरु सिमावर्ती क्षेत्रमा पुग्ने गरेका छन् । उपाय नभए पछि बाध्यता मल ल्याउनु परेको किसानले गुनासो पोखेका छन् । समयमा मल उपलव्ध नभएकै कारण नेपालको सवैभन्दा धेरै मकै खेती हुने झापाको झापा गाउँपालिकामा यस बर्ष मल नभएकै कारण आधा मात्रै खेती भएको झापा गाउँपालिका वडा नं. ६ का अगुवा किसान नरेन्द्र संग्रौलाले बताउन् भयो ।

बजारमा मल अभाव भए पछि दक्षिण झापाको सीमावर्ती क्षेत्रमा भारतीय मल लुकीछिपी नेपाल भित्रने गरेका छन् । धान तथा मकैमा मल चाहिने यो वेला जिल्लामा मल नहुँदा भारतीय सिमावर्ती क्षेत्रबाट महँगो मुल्यमा गुणस्तरहीन मल किनेर ल्याउनु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । समयमै मल नपाए पछि झापाको झापा गाउँपालिकामा क्षेत्रमा झण्डै आधा जमिन बाँझै छ । मकै छर्ने र चैते धानको व्याड राख्ने वेला मल नपाउँदा धेरै जमिन बाँझै रहेको सो क्षेत्रमा किसानलाई खेती गर्न सहजीकरण गर्दै आएका कृषि प्राविधिक क्षेत्रका विधार्थी निरु थापाले बताउनु भयो । मल विना मकै बालीमा गरिने लगानी समेत उठ्न नसक्ने हुन्छ । झापा गाउँपालिका क्षेत्र पुरै मकै खेती हुने क्षेत्र हो । २ बर्ष देखि मकै जोन संचालित क्षेत्रमा भारतबाट लुकिछिपी महँगो मल ल्याए पनि गुणस्तर नभएको मकैजोन समन्वय समिति झापाका संयोजक खगेन्द्र सिलवालले बताउनु भयो ।

समयमा मल उपलव्ध नहुँदा सिमावर्ती क्षेत्रका किसानले भारतबाट अवैधरुपमा भित्राइएका मल महँगो मुल्यमा खरिद गर्न बाध्य छन् । मल नहुँदा धेरै जमिन बाँझो रहेको र खेती गर्नेलाई समेत समस्या भएकाले सरकारले दिगो समाधान खोज्नु पर्ने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रदेश स्तरीय कमल अध्यक्ष कपको फाइनलमा टेम्के धरान प्रवेश
Next post नेपालमा आज ५८ संक्रमित, १४८ निकाे