आयाेजक दमक ११ लाई हराउँदै बागमती यूवा क्लव सर्लाही विजयी (फाेटाे फिचर सहित)

भाेलि दुर्गापुर सन्डे कोलकाता र गोर्खाब्याइज रुपन्देहीबीच हुने


९ चैत्र २०७८, झापा
झापाको दमकमा आज देखि शुरु भएको दमक गोल्ड कपको पहिलो खेलमा बागमती युवा क्लव सर्लाही विजयी बनेको छ । आयोजक दमक ११ लाई ०–१ गोलको अन्तरमा बागमती विजयी बन्दै क्वाटर फाइनलमा प्रवेश गरेकाे छ ।
खेलको ८८ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई जर्सी नम्बर ७ का खेलाडी अनिल मगरले गरेको गोल नै खेलमा निर्णायक गोल बन्न पुग्यो । बागमतीका जोमाउलमाथि डिबक्समा फल गरेपछि बागमतीले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै बागमतीले जित पहिलो खेलमा विजयी सुरुवात गरेको हो । घरेलु दर्शको साथ पाएको दमकले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, स्कोर निकाल्न नसक्दा दमक पराजित हुन पुग्यो ।


आज बुधबारको खेलको म्यान अफ द म्याच विजयी टोली बागमतीका गोलरक्षक मनोज प्रधान भएका छन् । प्रधानले दश हजार नगद पुरस्कार पाएका छन् । भोलिको खेल दुर्गापुर सन्डे कोलकाता र गोर्खाब्याइज रुपन्देहीबीच हुने आयोजक दमक नगर खेलकुद समितिका अध्यक्ष भीमराज चम्लागाईंले जानकारी दिनु भयो ।
आज उद्घाटन खेलमा प्रदेशसभा सदस्य अर्जुन राईले खेल उद्घाटन गर्नु भएको छ । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

default

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३८ संक्रमित, २६९ निकाे
Next post नेपालमा आज ३५ संक्रमित, २६६ निकाे