नेपालमा आज ३५ संक्रमित, २६६ निकाे

१० चैत्र २०७८,काठमाडौं–नेपालमा गत २४ घण्टामा ३५ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ६८ जनामा गरिएको नमूना परीक्षणमा ३५ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा  २ सय  ६६ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा कसैले पनि ज्यान गुमाउनु परेकाे छैन । हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५१ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार २ सय १९ जनामा झरेकाे छ । याे संख्या पछिल्लाे केही समय यता दिनहूँ घट्नेक्रममा रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आयाेजक दमक ११ लाई हराउँदै बागमती यूवा क्लव सर्लाही विजयी (फाेटाे फिचर सहित)
Next post दमक गाेल्डकपकाे दाेस्राे दिनः गोर्खा व्याइज रुपन्देही विजयी (फाेटाे फिचर सहित)