त्रिभूवन आर्मीको हारः दार्जिलिङको मानेभञ्ज्याङ फराकिलो गोल अन्तरले विजयी (फाेटाे भिडियाे सहित)

१३ चैत्र २०७८/डिकेश लामा

झापाको दमकमा जारी दमक गोल्ड कपको आज भएको खेलमा ए डिभिजनको विभागीय टीम त्रिभूवन आर्मीले लज्जास्पद हार व्यहोर्नु परेको छ । मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङले त्रिभूवन आर्मी विरुद्ध सानदार विजय प्राप्त गरेको छ । विभागीय ए डीभीजन टीम त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै मानेभञ्ज्याङ सेमिफाइनलमा प्रवेश गरेको हो । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा मानेभञ्ज्याङको जितका लागि राकेश सिंहले दुई गोल, जेरी पुलामी र विमल कुमारले एक÷एक गोल गरेका छन् ।


खेलको २७ औँ मिनेटमा जेरी पुलामीले पहिलो गोल गरे । डिबक्समा रहेका पुलामीले प्रहार गरेको बलले गोलमा परिणत भएको हो । यस्तै ४७ औँ मिनेटमा राकेश सिंहले दोस्रो गोल गर्दै मानेभञ्ज्याङको अग्रतालाई दोब्बर बनाए । उनले गरेको लङ रेञ्ज प्रहार गोलमा परिणत भएको थियो । खेलको ६४ औँ मिनेटमा विमल कुमारले माने भञ्ज्याङको अग्रतालाई तेब्बर बनाए । मध्यभागबाट बल लैजाँदै डिबक्सबाट गरेको प्रहार गोलमा परिणत भयो ।


यस्तै मानेभञ्ज्याङले खेलको इन्ज्यरी समयमा थप एक गोल गर्दै ४–० को जित निश्चित गर्याे। राकेश सिंहले मैदानको मध्यभागबाट बल अघि बढाउँदै गरेको प्रहार गोलमा परिणत भयो । त्रिभूवन आर्मीले केही राम्रो अवसर प्राप्त गरे पनि गोल गर्न नसक्दा लज्जास्पद हार व्यहोर्नु परेको छ । आजको खेलको म्यान अफ दि म्याच विजयी टोली मानेभञ्ज्याङका राकेश सिंह भएका छन् । सिंहले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।

भोलि सोमबारको अन्तिम क्वाटरफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र विदेशी टोली क्यामरुनको एमिनियर फुटबल क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समितिले जानकारी दिएको छ । ४ वटा विदेशी सहित १० वटा टीमको सहभागिता रहने प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै सर्वोत्कृष्ट खेलाडीले टीभीएस कम्पनिको एक थान मोटर साइकल र अन्य विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले नगद २१ हजार प्राप्त गर्ने दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भिम चौांलागाईंले बताउनु भयो ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २३ संक्रमित, २१५ निकाे
Next post नेपालमा आज २१ संक्रमित, ३१९ निकाे