दमक गाेल्ड कपमा पुलिस फाइनलमा प्रवेशः अव मनाङ मस्र्याङ्दीसँग भिडन्त हुने (फाेटाे फिचर सहित)

१६ चैत्र २०७८/डिकेश लामा
डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।
खेलको ५९ औँ मिनेटमा नीरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । सोही गोल निर्णयक बन्न पुग्यो । निकै प्रतिस्पर्धातमक खेलमा गोर्खा ब्वाइजले गोल गर्ने प्रयास गरे पनिसफल हुन सकेन । जीतसँगै पुलिसले शुक्रबार उपाधिका लागि मनाङमस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।


आजको खेलको म्यान अफ दि म्याच नीरकुमार राई भएका छन् । राईले १० हजार नगद सहित ट्रफी पाएका छन् । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित दश टोलीको सहभागिता थियो ।


प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने नगर खेलकुद समितिका अध्यक्ष भिम चौंलागाईंले बताउनु भयो । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

default

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २६ संक्रमित, ७७ निकाे
Next post बाँध निर्माणले बस्तीमा बस्न पाउने आशाः झापामा ३० स्थानमा धमाधम बाँध निर्माण हुँदै (फाेटाे फिचर सहित)