बाँध निर्माणले बस्तीमा बस्न पाउने आशाः झापामा ३० स्थानमा धमाधम बाँध निर्माण हुँदै (फाेटाे फिचर सहित)
१६ चैत्र २०७८/डिकेश लामा
झापामा यस बर्षको वेमौषमी बर्षाले आएको बाढीबाट साढे ३ सय भन्दा धेरै घर परिवार विस्थापित बन्न पुगे । बाढीले कटान गरेको केही क्षेत्रमा धमाधम बाँध निर्माण हुन थाले पछि पुरानै बस्तीमा बास बस्न पाउने आशा पलाएको बाढी पीडितहरुले बताएका छन् । बाढी घटे पछि कतिपय आफ्नै थातथलोमा फर्किए पनि घर बगाएका र भत्किएकाहरुको अझै उचित व्यवस्थापन हुन सकेको छैन । बाढीले बगाएको बस्ती क्षेत्रमा बाँध धमाधम बाँध निर्माण हुन थाले पछि पुरानै बस्तीमा बास बस्न पाइने आशा बढेको गौरीगंज १ कन्काइ नदि बाढी पीडित क्षेत्रका बासिन्दाले बताएका छन् ।
चालु आर्थिक बर्षमा ७ वटा नदिको ५० स्थानमा ठेक्का लागेको छ भने ३० स्थानमा धमाधम बाँध निर्माण भइरहेको छ । जसमा ६० करोड बजेटको खर्च हुने जिल्लामा नदि नियन्त्रणमा काम गर्दै आएको जनताको तटबन्ध कार्याक्रमका प्रमुख रुपनारायण अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार जिल्लामा क्षति भएकाे सवै स्थानमा बाँध निर्माण गर्न अावश्यक बजेटकाे अझै अभाव रहेकाे बताउनु भयाे । तथापी यस बर्ष विनियाेजित बजेट मध्येकाे काममा भने तिव्ररूपमा भइरहेकाे बताउनु भयाे ।
बाढीले बगाएर विचल्नीमा परेकाहरु कतिपय अझै बस्तीमा फर्किन सकेका छैनन् । बाँध निर्माण सवै क्षेत्रमा हुन नसकेकाले पूर्णरुपमा जोखिम हट्न नसकेको स्थानीयले बताएका छन् । खासगरी झापाको गौरीगंज १ टप्पु बस्तीका केही घर परिवार सरकारले बनाइ दिएको घर पनि बाढीले भत्काए पछि घरमा फर्कन सकेका छैनन् । आर्थिकरुपमा विपन्न भएकै कारण घर निर्माण गर्न नसक्दा अझै पनि पाल र अर्काको घरमा बास बस्नु पर्ने अवस्था रहेको बस्तीका अगुवा बोधराय हेमरमले बताउनु भयो । हेमरमका अनुसार नयाँ बाँध निर्माणले केही बस्तीमा बास बस्न पाउने केही आश पलाए पनि भरपर्दो नहोलाकी भन्ने शंका लागेको बताउनु भयो ।
झापा जिल्लामा बेमौषमी बाढीका कारण ४ हजार हेक्टर जमिन यस बर्ष मात्र बगरमा परिणत भएको छ । बस्तीसँगै कतिपय घरहरु समेत बगाएकाले उनीहरुको समेत अझै उचित बसोबास हुन नसकेको पीडित परिवारले बताएका छन् ।