दमकमा डुवेर किशोरको मृत्युः स्थानीय सरकारको लापार्वाही भएको गुनासो

१९ चैत्र २०७८/झापा
झापाको दमक नगरपालिका वडा नं. २ मा आज एक जना किशोरको डुवेर मृत्यु भएको छ । दमक वडा नं. ५ बस्ने बर्ष १४ का रोहन राईको डुवेर मृत्यु भएको हो । लाँचेको बाँध नामले चिनिने सिमसार क्षेत्रमा रहेको पोखरीमा साथीहरुसँग पौडी खेल्नेक्रममा आज अपरान्ह तिर मृतक राई वेपत्ता भएका थिए । सँगै पौडी खेल्न गएका ४ जना मध्ये एक जना पानी भित्रै हराए पछि गाउँघरमा हल्ला गरे पछि प्रहरीलाई खबर पुगेको थियो ।
शसस्त्र प्रहरीको टोली सहित पुगेर पोखरीमा खोजी गर्दा पोखरी भित्र दलदल हिलो भएको र त्यसमा भाँसिन्दा बाहिर निस्कन नसक्दा मृत्यु भएको टोलीमा खटिएका इलाका प्रहरी कार्यालय दमक प्रहरी निरीक्षक अनिल लिम्बुले बताउनु भयो ।
एक बर्ष अघि पनि सो क्षेत्रमा अर्का किशोरको मृत्यु भएका थियो । स्थानीयले पटक पटक सो क्षेत्रलाई सुरक्षित गर्न माग गर्दा पनि स्थानीय सरकारले वेवास्ता गरेको पोखरी रहेको इन्द्रेणी टोल विकास संस्थाका अध्यक्ष मनोज रिजालले बताउनु भयो ।
रिजालका अनुसार यस बर्ष पनि १४ लाख बजेट छुटाइएको भनिएको भए पनि हालसम्म कुनै पनि काम नभएको र स्थानीय सरकारकै लार्पावाहीले मानिसको बालबच्चाको मृत्यु भरहेको बताउनु भयो । मृतकको लाश पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमक गोल्डकप २०७८ मनाङको पोल्टामा (फोटो फिचर/भिडियो सहित)
Next post नेपालमा आज ११ संक्रमित, ९० निको