नेपालमा आज २२ संक्रमित, ४६ निको

२८  चैत्र २०७८,काठमाडौं– नेपालमा पगत २४ घण्टामा २२ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ४४ जनामा गरिएको नमूना परीक्षणमा २२  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ४६  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ५ सय ६८ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दुःखद खबरः ट्रक र कारकाे ठक्करबाट गए राती ४ जनाकाे मृत्यु
Next post मुल्य नआउँदा कतिपय किसानको धान अझै खेतमै थन्कियो