मुल्य नआउँदा कतिपय किसानको धान अझै खेतमै थन्कियो

३० चैत्र २०७८/डिकेश लामा

नेपालकै सवै भन्दा धेरै धान खेती हुने झापामा यस बर्ष धानको मुल्य नआउँदा किसान समस्यामा परेका छन् । मुल्य आउला र विक्री गरौंला भनेर पर्खिएका धेरै किसानले चैत्र महिना सकिँदा समेत कुन्यूमै धान राख्न बाध्य भएका छन् । धानको मुल्य आउला र झाँटेर विक्री गरौंला भनेर पर्खिएका किसानले मुल्य नआए पछि कुन्यूमै धान थन्काउन बाध्य भएको गौरीगंज १ का ७८ बर्षीय अगुवा किसान खगेन्द्र घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार अझै साे क्षेत्रका धेरै किसानकाे धान खेतमै रहँदा मुसाले खाने देखि पानीकाे समेत जाखिम रहेकाे छ । धान विक्री गर्ने किसानलाइ मार परे पछि चैते धान खेती नै याे बर्ष नगरेकाे उहाँले बताउनु भयाे ।

सरकारले समर्थन मुल्यमा धान खरिद गर्ने कार्याक्रम जिल्लामा दुई वटा पालिकामा मात्र सिमिति भएका छन् । गत बर्ष १ हजार १ सय रुपयाँसम्म प्रति विक्री भएको धान यो बर्ष ९ सय रुपयाँ पनि मुल्य नआएकाले किसानलाई धान विक्रीमा समस्या भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना धान सुपरजोन झापाले सरकारले तोकेको समर्थन मुल्यमा धान खरिद गरे पनि अधिक किसानबीच यो कार्याक्रम पुग्न सकेको छैन । बजारमा धानको मुल्य पाउनका लागि धान खरिद गर्ने सहकारी संस्थाले गोदाममा धेरै समय राख्ने क्षमता बृद्धि गर्ने या प्रशोधन गरी बजारीकरण गर्नु पर्ने परियोजनाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार समयमा धान विक्री हुन नसके पछि झापा जिल्लामा बर्षे धान मात्र बर्षेनी झण्डै ४ लाख मेट्रिक टन उत्पादन हुने गर्छ । तर उचित मुल्यमा धान विक्री गर्न नसक्दा धेरै किसान खेतीबाटै विस्थापित हुनु पर्ने अवस्था आएको उनीहरुले दुखेसो पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २२ संक्रमित, ४६ निको
Next post नेपालमा आज १९ संक्रमित, ४९ निको