नेपालमा आज ९ संक्रमित, ४४ निको

३  वैशाख २०७९,काठमाडौं– नेपालमा पगत २४ घण्टामा ९ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार  ४३ जनामा गरिएको नमूना परीक्षणमा ९  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ४४  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । एक साता यता कसैले ज्यान गुमाउनु परेकाे छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४ सय जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रथम आदर्श कराते प्रतियोगिता २०७९ सम्पन्न (फाेटाे फिचर सहित)
Next post झापामा गठबन्धनकाे टुङ्गाे लगाउन ४ सदस्यीय कार्यदल गठन