झापामा गठबन्धनकाे टुङ्गाे लगाउन ४ सदस्यीय कार्यदल गठन

३ वैशाख २०७९, सारासन्देश समाचार– सत्तारुढ पाँच दलीय गठबन्धनले अाज सम्मती गर्ने भने पनि टुङ्गाे लाग्न नसके पछि कार्यदल गठन गरिएकाे छ । उम्मेद्वारी तालमेललाई निष्कर्षमा पुर्याउन झापामा चार सदस्यीय कार्यदल गठन गरिएको हाे । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित कार्यदलमा माओवादी केन्द्रका मोहन टुडु, नेकपा एकीकृत समाजवादीका नीलमणि वराल र जनता समाजवादी पार्टीका गौरीमान राई सदस्य रहेका छन् ।

गठबन्धन दलका जिल्ला स्थित शीर्ष नेताहरुको आज बिर्तामोडमा सम्पन्न बैठकले १० वटा पालिकाहरुका मुख्य पदहरुमा सहमति गरेको छ भने कार्यदलले वाँकी पालिका र वडा तहको सहमति आज रातभरिमा सम्पन्न गरी भोलि विहान वस्ने गठवन्धन दलको वैठकमा प्रस्तुत गर्ने भएको छ । प्रतिगमन विरुद्ध संघर्षरत पाँच दलीय गठवन्धनका संयोजक तथा नेपाली कँंग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा बसेको आजको वैठकमा नेपाली कांग्रेसका तर्फबाट सुधीरकुमार शिवाकोटी र कृष्ण हुमागाई सहभागी छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट मोहन टुडु,सीपी कडरिया, राजु आचार्य सहभागी थिए । नेकपा एकीकृत समाजवादीका तर्फबाट वेदराज रेग्मी, भाष्कर काफ्ले र इन्द्र वुढाथोकी सहभागी रहेका थिए भने जनता समाजवादी पार्टीका तर्फबाट नित्यानन्दसिंह राजवंशी र दिपेनवाला राई सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ९ संक्रमित, ४४ निको
Next post नेपालमा आज १२ संक्रमित, ३६ निको