नेपालमा आज १० संक्रमित, ३४ निको

५ वैशाख २०७९,काठमाडौं– नेपालमा पगत २४ घण्टामा १० जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार  ६ सय ९१ जनामा गरिएको नमूना परीक्षणमा १०  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ३४  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २ साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३ सय ५० जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post निर्माण थालेको ३ दशक पछि सडकले बर्षौंको सास्ती हट्ने आशा (फाेटाे फिचर सहित)
Next post निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि आचारसंहिता पालनामा सवैले जाेड दिन पर्ने