निर्वाचनमा अनाआवश्यक प्रचार प्रसारमा रोक (फाेटाे फिचर सहित)

६ वैशाख २०७९, सारा सन्देश समचार, झापा
यस पटकको निर्वाचनमा अनाआवश्यक प्रचारप्रसारलाई रोक लगाइएको छ । विगतको निर्वाचनमा जस्तो झण्डा राखेर र्याली गर्ने, माइकिङ्ग गर्ने, भेष्ट, टोपी तथा ठूल्ठूला पोस्टर छाप्ने कार्य गर्न नपाइने भएको छ । यस्तै व्यानर टाँस्ने, स्थानीय प्रशासनको ७२ घण्टा अगावैको अनुमति विना सभा गर्ने जस्ता कार्य गर्न रोक लगाइएको निर्वाचन सम्बन्धी अन्तकृया कार्याक्रममा बताइएको छ ।
झापाको दमकमा  आज भएको निर्वाचन सम्बन्धी पत्रकारसँग गरिएको अन्तकृयामा जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले निर्वाचनलाई मर्यादित र मितव्ययी बनाउन संचारकर्मी र माध्यमहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो । यस्तै यस पटक सामाजिक संजालको प्रयोग गरेर भोट माग्ने लगायतका कार्य समेत गर्न नपाइने निर्वाचन संहिता बनाइएको प्रमुख नेपालले बताउनु भयो ।


यस्तै पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले निर्वाचन तयारीका लागि जिल्लाभर रहेका २ सय ८६ मतदान स्थलको ७ सय ५५ केन्द्रको सुरक्षामा आवश्यक व्यवस्थाको प्रवन्ध गरिएको बताउनु भयो । प्रजिअ रिजालले निर्वाचन आचार संहिता उल्लंघन सम्बन्धीका घटनाबारे संचारकर्मीहरु विशेष सचेत भएर लाग्न आग्रह गर्नु भयो ।


नेपाल पत्रकार महासंघ झापा शाखाकाे अायाेजना तथा संवाद समूहकाे सहयाेगमा भएकाे अन्तरक्रियाको विषयमाथि पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष विमल लामिछानेले प्रकाश पारेका छन् । अन्तकृयामा पत्रकारहरु विष्णु पौडेल, युवराज विवश, नगेन्द्रमणि न्यौपाने, जीवन चुडाल, शान नेपाल, विष्णु पोखरेल, लीला अनमोल, आत्मराम राजवंशी, गञ्जबहादुर दाहाल, चिरञ्जीवी घिमिरे, पुष्प राज तथा संवाद समूहकी लीला शिवाकोटी लगायतले विभिन्न सुझाव तथा जिज्ञासा राखेका छन् ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय महासचीव अगुवा पत्रकार चन्द्र भण्डारीकाे प्रमुख अाथित्यमा भएकाे कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य विष्णु सुब्बाले पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा आफ्ना माता पिताको स्मृतिमा १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्ने घोषणा गर्नु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि आचारसंहिता पालनामा सवैले जाेड दिन पर्ने
Next post नेपालमा आज १० संक्रमित, २६ निको