नेपालमा आज १८ संक्रमित, २५ निको

९ वैशाख २०७९,काठमाडौं–  नेपालमा पगत २४ घण्टामा १८ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार  ६ सय ५१ जनामा गरिएको नमूना परीक्षणमा १८  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २५  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २ साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ८२ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अब नेपाल भर २९८ जना मात्र काेराेना संक्रमित
Next post बगर खेतीका किसानहरू चिन्तित बन्दै (फाेटाे फिचर सहित)