बगर खेतीका किसानहरू चिन्तित बन्दै (फाेटाे फिचर सहित)

९ वैशाख २०७९/डिकेश लामा

दुई बर्ष देखि लगातार कोरोनाबाट प्रभावित बनेका बगर खेती गर्ने किसान अनुदान पाए पछि खेतीमा थप उत्साहित भएका छन् । तर पछिल्लो समय परेको असिना पानीले पाक्न लागेको खरभूजा बिगारे पछि किसानहरु लगानी डुब्ने चिन्तामा परेका छन् । असिनाले फल्दै गरेकाे खरभूजा मर्न थाले पछि घाटा लाग्ने भन्दै चिन्तित बनेका हुन् ।

झापामा बगर खेती गर्ने किसानले यस बर्ष राम्रो बजार पाएका छन् । तर लगातार दुई वर्ष देखि कोरोनाको मार खेप्नु परेको उनीहरुले यस बर्ष असिनाको मार खेप्नु परेको कन्काई नदि किनारामा ५ विगाह क्षेत्रमा खरभूजा खेती गर्दै आउनु भएका खगेन्द्र श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार ५ लाख रूपयाँ लगानी गरेर ५ विगाह क्षेत्रमा लगाएकाे खरभूजा असिनाले गर्दा धेरै नष्ट भएकाे बताउनु भयाे ।

त्यसो त यस बर्ष पनि कृषि ज्ञान केन्द्र मार्फत बगर खेती गर्ने किसानलाई विगत जस्तै अनुदान उपलव्ध समेत गराइएको छ । यस बाहेक स्थानीय सरकारले समेत विऊमा अनुदान दिएकाले किसानलाई केही राहत पुगेको छ । बगरमा काँक्रा, फर्सी, करेला, लौका र खरभूजाको खेती धेरै हुन्छ । कृषि ज्ञान केन्द्रले दिएको अनुदानले खेतीमा निक्कै टेवा पुगेको गौरीगंज २ भाकुरमाडीमा बगर खेती गर्दै आउनु भएको अजय ताजपुरियाले बताउनु भयो ।

झापा जिल्लामा कन्काई, रतुवा, कमल, विरीङ्ग, मेची लगायतका नदिमा धेरै किसानले बगर खेती गर्दै आएका छन् । बर्षेनी अनुदान पाउँदै आएका किसानले पछिल्लो समय ३ सय हेक्टर हाराहारीमा खेती गर्दै आएको कृषि ज्ञान केन्द झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १८ संक्रमित, २५ निको
Next post नेपालको सवै भन्दा धेरै धान खेती हुने झापामा यतिखेर पनि धमाधम धान कटाइ (फाेटाे फिचर सहित)