भ्रष्टचारकाे अभियाेगमा ठूला ठेकेदार र निर्माण व्यवसायी विरूद्ध मुद्धा दायर

१४ पाैष २०७७, काठमाण्डाैं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सहित तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख सहित पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा सोही निर्माण कम्पनीका प्रतिनिधि सन्तोष प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

ग्याबिन तार जालीमा घोटाला भएको पाइएको भन्दै छानबिन गर्दा अनियमितता भएको पाइएपछि आयोगले गरेको छानबिनमा रु तीन करोड ६५ लाख नौ हजार ४५६ बराबरको बदमासी भेटिएको हो । आयोगले आरोपी सबैलाई बिगोअनुसारको कारबाहीको माग दाबी गरेको छ ।

कन्काइ पुल समयमा बन्ला त?

अभियाेग लागेका मध्ये महादेव खिम्तीका संचालक रवि सिंह निर्माण व्यवसायी महासंघका अध्यक्ष हुन् । सिंहका अनुसार अायाेजनाले माग गरे अनुसारकाे सामानकाे प्रयाेग गरिएकाे हाे, तर अायाेजनाले नै कामकाे डिजायनमा कम्जाेरी गरेका कारण यस्ताे भएकाेले अव मुद्धाकाे प्रतिवादी खेपेर जाँदा जे फैसला हुन्छ साेही भाेग्ने बताउनु भयाे ।

उहाँकाे कम्पनी मार्फत नेपालकाे बहुप्रतिक्षित हुलाकी सडक अन्तर्गत झापाकाे कन्काइ माइ नदिकाे पुल १ दशक देखि निर्माण हुँदै अाएकाे भए पनि अझै अाधा पनि काम सकिएकाे छैन । गत मंसीर महिनाकाे अन्तिम साता भाैतिक पूवार्धार मन्त्री बसन्तकुमार नेम्बाङ सहितकाे टाेलीसँग पुलकाे अनुगमन गर्दै सिंहले २ बर्षमा पुल बनाउने बताएका थिए । यस्ता ठूला ठेकेदारले निर्माण थालेका याेजना अलपत्र छाड्ने गरेकाे निर्माण याेजना क्षेत्रका बासिन्दाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ओलीलाई बिदा गर्छौँ ः डा. रिजाल
Next post नेपालमा गत २४ घण्टामा ७३१ निकाे ७०८ संक्रमण