१५ वैशाख २०७९,काठमाडौं– नेपालमा पगत २४ घण्टामा १५ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ जनामा गरिएको नमूना परीक्षणमा १५ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो ३ साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ४९ जनामा झरेको छ ।
