झापामा नमूना मतदान अभ्यास (फाेटाे फिचर सहित)

१५ बैशाख २०७९/सारासन्देश समाचार

मतदाता शिक्षा प्रदान गर्न झापामा आज विधार्थीहरुबीच नमूना मतदान गर्ने कार्य सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय झापाको आयोजनामा मेची बहुमुखी क्याम्पस भद्रपुरमा नमूना मतदान कार्य सम्पन्न गरिएको हो । स्नातक तह अध्ययनरत ३६ जना विधार्थीमाझ गरिएको नमूना निर्वाचनमा एक मत निविदा, ५ मत वदर र ३० मत सदर भएका छन् । नमूना मतदानबाट अझै पनि मतदान शिक्षाको आवश्यकता भएकाले मदतान तरिका र प्रकृयाबारे शिक्षा दिन सवैले सवैलाई जाने बुझेका शिक्षा दिनु पर्ने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनु भयो ।

नमूना मतदानमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल सहित मुख्य अधिकृत सहितकाे निर्वाचन टोली, सुरक्षा निकायका प्रमुख सहितको उपस्थितिमा नमूना मतदानको अभ्यास गरिएको निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ । जिवनमा पहिलो पटक मतदान दिने अवसरमा पुगेका विधार्थीले नमूना मतदान दिन पाउँदा धेरै ज्ञान मिलेको मतदानमा सहभागी विधार्थी अनुराग पोखरेलले बताउनु भयो । मतदानको अभ्यास गरेकाले निर्वाचन कर्मचारी, सुरक्षाकर्मी देखि मतदातालाई समेत अभ्यासगत ज्ञान मिलेको मतदानमा सहभागीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १५ संक्रमित, १८ निको
Next post नेपालमा आज १४ संक्रमित, १९ निको