सुकुम्बासी भन्छन् : धनीपूर्जालाई कहिलेसम्म चुनावी नारा बनाउने ?

२२ बैशाख २०७९ / दमक

बैशाख ३० मा हुनेस्थानीय तहको निर्वाचनमा मतदता आफ्नो पक्षमा पार्न उम्मेदवार घरदैलो कार्यक्रममा छन्। उम्मेदवारलाई चुनावी चटारो छ । ०७४ मा स्थानीय तहको नेतृत्व गरेका दलकाउम्मेदवार अपूरा काम पूरा गर्न मत मागिरहेका छन् ।

अघिल्लो निर्वाचनमा स्थानीयसत्ताको नेतृत्व गर्न नपाएका दलका उम्मेदवार विगतमा भएको गलत कामका् भन्डाफोर गर्नेभन्दै मतदाताकहाँ भोट माग्न पुगेका छन् । दलहरुसँग नयाँ चुनावी एजेन्डा खासै छैन । उनीहरुकाघोषणा पत्र हेर्ने हो भने विगतको घोषणा पत्रलाई ‘पुनः सम्पादन’ गरेको जस्तोदेखिन्छ । पूर्वप्रधानमन्त्रीतथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकलाई पनि चुनावले छपक्कै छोपेको छ। प्रमुख दलबाट पुरानै अनुहार चुनावमा होमिएका छन् । कांग्रेस, माओवादी रराप्रपाको गठबन्धनबाट नगरप्रमुखमा राम थापा छन् । उनी स्थानीय निर्वाचनमा सधैँउम्मेदवार बन्छन् । तर, जनताबाट सधैँ ‘अयोग्य’ ठहरिन्छन् । तैपनि चुनाव लड्नछाड्दैनन् । एमालेबाट उम्मेदवार बनेकी गीता अधिकारी पनि नयाँ अनुहार हैनन् । उनले०७४ मा भएको निर्वाचनमा दमक नगरपालिकाको उपप्रमुख पद सम्हालिसकेकी छन् । यीदुई उम्मेदवारबीच दमकमा प्रतिस्पर्धा हुने देखिन्छ । पुराना अनुहारबाट पुरानै एजेन्डालिएर जनतामाझ गएका छन् ।

दमकमा सुकुम्बासीले सधैँ आश्वासन मात्र पाउँछन् । प्रत्येक चुनावमासुकुम्बासीलाई जग्गा धनीप्रमनण पूर्जा दिने दलहरुको एजेन्डा बन्छ । तर,सुकुम्बासीले कहिल्यै धनीपूर्जा पाउँदैनन् । दमक–१० सेतुमारीबगरगाउँकी अनिता शेर्मासँग ०६८ सालमै सुकुम्बासी समस्या समाधान आयोगले दिएकोसुकुम्बासी परिचयपत्र छ । उनले जग्गानी प्रमाणपूर्जाका लागि पटकपटक फर्म भरिन् । दलहरुलेचुनावमा पनि यही आश्वासन दिन्छन् । तर, धनीपूर्जा भने अझै पाएकी छैनन् । ‘चुनावनै पिच्छे धनीपूर्जा दिन्छु भन्छन् । ०७४ मा पनि धनीपूर्जा दिइहाल्छु भन्थे। तर, अहिलेसम्म दिएनन्,’ उनी भन्छिन्, ‘यसपटक पनि धनीपूर्जा दिन्छु भन्दै भोटमाग्न आएका छन् । तर, हामीलाई आस छैन ।’ उनको घर नेपाल–चीन मैत्री औद्योगिक पार्कछेउमै छ । यो सुकुम्बासी गाउँ नै औद्योगिक पार्कले अधिग्रहण गर्ने भनेर हल्ला छ ।उनलाई पनि श्रीमानले विदेशमा वर्षौँ दुःख गरेर सुकुम्बासीबस्तीमा बनाएको घर जानेत हैन भन्ने चिन्ता छ । ‘यो औद्योगिक पार्कले लान्छ भन्छन् । तर, अहिलेसम्म कसैले छाडभनेर चाहिँ आएको छैन । श्रीमानले धेरै वर्ष विदेशमा दुःख गरेर एउटा घर जोडेँ ।यही पनि जान्छ कि भन्ने पीर छ,’ उनी भन्छिन्, ‘चुनावका बेला त के के आश्वासन दिन्छन्,दिन्छन् । तर, चुनाव सकिएपछि पूरा गर्दैनन् ।’

दमक–१० सेतुमारीबगरटोलकी वृद्धा फूलमाया हेमरमले जसोतसो ऐलानी जग्गामा झुप्रो जोडेकी छन्। अर्काकोमा लामो समय काम गर्न बसेर, जनमन गरेर भए पनि उनको परिवारले ओत लाग्नेझुप्रो बनाएको छ । तर, यो जग्गाको धनीपूर्जा नपाउँदा कतै लखेटिनुपर्ने त हैनभन्ने चिन्ता छ । नेपाल–चीन मैत्री औद्योगिक पार्कले उठाउने हो कि भन्ने चिन्ता छ,उनलाई पनि । ‘जनमन र अर्काकोमा हली बसेर जोडेको जग्गा हो । चुनावका बेला केहीहुँदैन धनीपूर्जा दिन्छौँ भन्छन् । चुनाव सकिएर गएपछि नेताको भर नै हुँदैन ।के गर्छन्, गर्छन्,’ उनी भन्छिन्, ‘वडाध्यक्ष (निवर्तमान दमक–१० का वडाध्यक्ष बोधराज न्यौपाने)कोघरमा हाम्रो परिवार ४५ सालतिर हली बसेका थियौँ । उहाँ हुँदा त धनीपूर्जापाएनौँ अब के पाउँछौँ ?’

गरिबलाई खाना रराम्रो घरमा बस्न नै सकस छ । छोराछोरीलाई राम्रो शिक्षा दिने त कल्पनाको विषयमात्रै बन्दैछ । ‘बिहान बेलुका छाक टार्न मुस्किल छ । केटाकेटीलाई कसरी पढाउने ? मजदुरीगरेको पैसाले खान पनि पुग्दैन । हामीलाई पनि छोराछोरी राम्रो स्कुल पढाउने मनहुन्छ । तर, पढाउन सकेका छैनौँ । सरकारी स्कुलमा पनि के केमा पैसा लाग्छ । सरकारीस्कुल पनि पढाउन नसक्ने भइसक्यौँ’ उनी भन्छिन्, ‘अब चुनाव जित्नेले कम्तीमा हाम्रानानीहरुले राम्रो स्कुल पढ्ने व्यवस्था मिलाइदिओस् । पढाउँदा पैसा नलागोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा राेकिएन निर्वाचन आचार संहिता उल्लंघन, सराेकारवाला निकाय रमिते मात्रै
Next post नेपालमा आज १७ जना कोरोना संक्रमित थपिए, १५ जना निको भए