झापामा कांग्रेस र एमालेकाे प्यानल विजयी शुरूवात

३१ वैशाख २०७९/डिकेश लामा
झापामा काँग्रेशले खाता खोल्न शुरु गरेको छ । जिल्लाको बाह्रदशी गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । उक्त वडामा कांग्रेसका टेकबहादुरसिंह राजवंशी विजयी भएको बाह्रदशीका निर्वाचन अधिकृत पुष्कलराज प्रसाईंले जानकारी दिनु भएको छ । विजयी राजवंशीले ५७९ मत प्राप्त गर्दा उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेका शम्भुसिंह राजवंशीले ५६३ मत प्राप्त गरेका छन् । पराजित बनेका राजवंशी यसअघि सोही वडाका वडाध्यक्ष रहेका थिए । कांग्रेसले उक्त वडामा अन्य चार सदस्यसमेत जितेको प्रसाईंले जानकारी दिएका छन् ।
यस्तै भद्रपुरमा नेकपा (एमाले)ले विजयी शुरुवात गरेको छ। भद्रपुर वडा नम्बर १ मा एमालेको वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएको छ। वडा अध्यक्षमा एमालेका राम अधिकारी निर्वाचित भएका हुन्। उहाँले ९३७ मत ल्याइ निर्वाचित भएका छन्। उहाका निकटतम प्रतिस्पर्धी कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद शिवाकोटीले ५७७ र राप्रपाका दलबहादुर लिम्बुले ६५८ मत ल्याउनु भएकाे छ ।  शिवाकोटी माओवादीबाट उम्मेदवार बनेका थिए। वडा सदस्यहरूमा एमालेका टीका भण्डारी, दिलबहादुर लिम्बु, सीता गुरुङ र अम्बिका विश्वकर्मा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्थानीय निर्वाचन २०७९ः कतै हिंसा, कतै स्थगित तथापि ६५ प्रतिशत मत खसेकाे अनुमान(फाेटाे फिचर सहित)
Next post कचनकवलमा राप्रपाकाे क्षेत्रमा काँग्रेशकाे विजयी शुरूवात