कन्काईकाे प्रमुखमा एमाले विजयी

४ जेष्ठ २०७९/सारासन्देश समाचार
झापाको कन्काई नगरपालिकाको प्रमुखमा एमाले पार्टीका तर्फबाट राजेन्द्रकुमार पोखरेलले निर्वाचित हुनु भएको छ । पोखरेल काग्रेशबाट उम्मेद्वार बन्नु भएका रुद्रप्रसाद चिमरिया भन्दा २ हजार १२ मत अन्तरमा ८ हजार ६ सय ७३ मत ल्याई निर्वाचित हुनु भएको हो । पाेखरेल यस अघि पनि नगर प्रमुख नै हुनु हुन्थ्याे ।  उपप्रमुखमा भने नेपाली काँग्रेशकी आशा शिवाकोटी विजयी हुनु भएको छ । उहाँले सवै भन्दा धेरै १० हजार ७ सय १३ ल्याएर विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्दी एमालेकी मन्जु प्रसार्इंले ८ हजार ८ सय ४५ मत प्राप्त गर्नु भयो ।

कुल ३५ हजार ४ सय ७१ मतदाता रहेको नगरमा ७ वटा वडा मध्ये अध्यक्ष पदमा एमालेले ७ र २ वटा वडामा काँग्रेशले विजय हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाको स्थगित स्थानमा भोलि देखि मत गणना शुरु हुने
Next post बाह्रदशीकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी