१५ पाैष २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ६ सय जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५१ हजार ९ सय १२ जना छन् । नेपालमा निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ । आज थप ५ सय ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५११० जनाको गरिएको पीसीआर परीक्षणमा ५११ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ८ सय ४७ रहेको छ । पछिल्लाे समय नेपालमा संक्रमण दर घट्दै गएकाे स्वास्थ्य विज्ञहरूले बताएका छन् । हाल साढे ६ हजार हाराहारीमा मात्र सक्रीय संक्रमित रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
